२६३ सङ्क्रमित थपिए, दुईको मृत्यु
काठमाडाैं | साउन २८, २०७९
सांकेतिक तस्बिर
कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ ।
यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला रहेका छन् ।
मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष ९आइसियु०मा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

